काठमाडौं, २१ चैत(ओएनएस) : काठमाडौँको डल्लुस्थित रामघाट पुल अगाडि शनिबार राती भएको मोटरसाइकल दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् भने १ जना घाइते भएका छन् ।
तीन जना सवार रहेको बा ३० प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा ठोक्किँदा मोटरसाइकल चालक कलकीका २८ वर्षीय शैलेन्द्र रिसाल र मोटरसाइकलको पछाडि बसेका सोनु रिसालको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भऐको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकलमा सवार अर्का अनिस रिसालको अवस्था सामान्य रहेको र उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।