आमाले खुवाईन् आफूसँगै दुई नाबालिका छोरीलाई विष

165
  •  
  •  
  •  

kailali_districtधनगढी, ६ असार (ओएनसए) : कैलालीको चौमाला गाविस–३, की एक महिलाले दुई नाबालिका छोरीसंगै आफूले पनि विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी छिन् ।

स्थानीय २५ वर्षीया रम्भा नेपालीले आफूसंगै चार वर्षीय छोरी भूमिका नेपाली र छ महिनाकी छोरी रोशनी नेपालीलाई विषादी सेवन गराएर आत्महत्याको प्रयास गरेको कैलालीका प्रहरी प्रवक्ता, डीएसपी विश्वराज खड्काले जानकारी दिए ।

उनका अनुसार विषादी सेवनबाट भूमिका र रोशनीको मृत्यु भएको छ । उनीहरूको अत्तरियास्थित पद्मा अस्पताल उपचारको क्रममा ज्यान गएको हो । रम्भाको भने पद्मामा उपचार भइरहेको जनाइएको छ ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ खड्काले भने,’ रम्भाको अवस्था पनि नाजुक छ । घटनाबारे उनका श्रीमान सुरज नेपालीसंगै बुझ्दैछौंं ।’


  •  
  •  
  •