दोस्रो पटक बलात्कारको डरले छोरीको शिर मुण्डन

188
  •  
  •  
  •  

noida-rapeकाठमाडौ, ८ चैत(एजेन्सी) : हरेक आमाले आफ्नो छोरी राम्री होस् भन्ने चाहन्छन्, तर मुम्बईसँग जोडिएको ठाणै क्षेत्रमा एक आमा छिन् जसले आफ्नो छोरी सक्दो नराम्री होस् भन्ने चाहन्छिन् । ती आमाले आफ्नो छोरीको शिर मुण्डन गराइदिएकी छिन् ताकी यदी आफ्नो छोरीलाई कसैले देखे भने पनि मुख मोडेर अर्कैतिर हेरून् ।

समाचारहरूमा जनाइए अनुसार ती आमाले आफ्नी १४ वर्षीया छोरीको शिर मुण्डन गरिदिएकी हुन् । यति गर्दा पनि उनले शान्ति भने पाएकी छैनन् । उनकी छोरीमाथि ६ महिना अघि भएको बलात्कारको घटना र छोरीको डरले उनलाई अहिले पनि तर्साउने गरेको छ । उनलाई के डर छ भने आफ्नी छोरीको दोस्रो पटक बलात्कार नहोस् ।

ठाणे शहर नजिकै रहने ती आमाले आफ्नी छोरीको सन् २०१४ जुलाईमा बलात्कार गर्ने आरोपीले मोहम्मद लियाकत अली मुल्लाह नामका बाबूले फेरी एकपटक बलात्कार गर्ने धम्की दिएका छन् । बाबुले हालै जमानत पाएका थिए र मुद्धा फिर्ता लिनका लागि बारम्बार तर्साउने गरेको ती आमाले बताएकी छिन् ।

पीडित किशोरीको परिवारले जमानतमा छुटेका बाबुले बलात्कार गर्ने धम्की दिएको बताएका छन् ।


  •  
  •  
  •