आज मातातीर्थ औँशी, आमाको मुख हेर्ने दिन

936
  •  
  •  
  •  

mothers-dayकाठमाडौ, ५ बैशाख(ओएनएस) : आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंसी मनाइँदैछ ।

बिहानै उठेर नुहाएर विभिन्न उपहार र खानेकुरा दिएर आमाबाट आर्शिवाद थाप्ने चलन छ । दिवङ्गत आमाको सम्झनामा आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झने प्रचलन रहेको छ । दिवङ्गत आमाको सम्झनामा हरेक वर्षझै आजपनि मातातीर्थमा मेला लागेको छ । बिहानैदेखी मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ ।

आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरैजना घर र माइत जाने क्रम पनि चलिरहेको छ । जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झेका छन् । यस्तै, सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि धेरैले आमाप्रति भावना र सम्झना साटफेर गरिरहेका छन् ।


  •  
  •  
  •