आमा बचाउन साढे पाँच लाख खर्चेर हेलिकोप्टर

111
  •  
  •  
  •  

काठमाडौं १३ फागुन ।  मुगुको डोल्फुस्थित चिताई गाउँमा गर्भमै शिशु नाश भएर गम्‍भीर अवस्थामा पुगेकी आमा बचाउन साढे पाँच लाखको हेलिकोप्टर चार्टर गरी उनलाई मंगलबार काठमाडौं ल्‍याइएको छ।

मुगुको अत्‍यन्तै विकट गाउँ डोल्फुकी ४० वर्षीया मिन्डीक यान्जोङ्ग लामाको गर्भमा नाश भएको शिशु निकाल्‍न नसकेपछि उनलाई काठमाडौं ल्‍याएर थापाथलीस्थित परोपकार प्रसूतिगृह एवं स्त्रीरोग अस्पतालमा भर्ना गरिएको छ। गर्भमा शिशुको मृत्‍युपछि आमाको ज्‍यानै जाने खतरा बढेकाले परिवारले ऋण काढेर हेलिकोप्टर चार्टर गरेका हुन् । अन्‍य तीन शिशु पनि गर्भमै नाश भएका थिए।

लामाको उपचार प्रसूतिगृहको आइसीयूमा भइरहेको छ। शल्‍यक्रिया नभइसकेकाले उनको अवस्था गम्‍भीर रहेको परिवारले जानकारी दियो। गर्भवती लामालाई लिएर केही दिनदेखि उनको परिवार मुगुको गमगढीमा डेरा लिएर बसेको थियो।

जिल्ला अस्पतालमा शिशु निकाल्‍ने प्रयास सफल नभएपछि उनको परिवारमा आपत्त आइलागेको थियो। आइतबार राति दुई बजे सुत्‍केरी व्‍यथाले च्‍यापेपछि जिल्‍ला अस्पतालमा उपचारका लागि पुगेकी लामाको गर्भमा रहेको् शिशु र आमाको स्वास्थ्‍य अवस्था सन्तोषजनक भएको रिपोर्ट दियो। तर
सोमबार अपराह्‍न ३ बजे गर्भमा रहेको बच्‍चाको मृत्यु भएको जिल्ला अस्पतालका डा. रण बहादुर बोगटीले जानकारी दिएपछि लामाको परिवारमा बज्रपात भयो।

डाक्टरले बच्चा मरेको खबरसँगै बच्‍चा निकाल्‍न मगगढीमा सम्‍भव नहुने भन्‍दै सुविधासम्‍पन्‍न अस्पतला लैजान रिफर गरे। बोगटीले लामाको अवस्था पनि गम्‍भीर भएकाले सुविधासम्‍पन्‍न अस्पतालमा लैजान रिफर गरेको बताए।

उनको उपचारको नेपालगञ्‍ज र सुर्खेतमा गर्न सम्‍भव हनुन्‍थ्यो। तर मुगुको एकमात्र ताल्‍चा विमानस्थल कालोपत्रेका लागि तीन महिना बन्‍द गरिएकाले लामाका आफन्त ऋण काढेर उनलाई काठमाडौं ल्‍याउन बाध्‍य भए। ‘ऋण काढेर काठमाडौं ल्‍यायौ, आफन्त दुग्‍ला लामाले भने। लामाका सातवटा गर्भमध्‍ये चार नाश भएका छन् भने उनका तीन सन्तान छन्।

गर्भवती मिन्‌डिकाका काका कर्मा लामाले भने, हेलिकोप्टर चार्टर त गरियो गर्भवती छोरीको अनुहार देखीन पाउने हो की होईन? हामी गरीबले पाँच लाख पचास हजार रुपैयाँ कसरी तिर्ने ? जमिन बिक्रि गरौ भने पनि जमिन छैन।’

१५ शौयाको जिल्ला अस्पतालमा शल्याक्रिया सम्‍बन्धी केही उपकरण अभावमा गर्भवती आमा को ज्‍यान जोगाउन महँगो हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्‍यता छ।
ताल्‍चा विमानस्थल माघ २९ गतेदेखि बन्‍द हुँदाद मुगालीहरु सुर्खेत, नेपालगञ्‍ज र काठमाडौं जानका लागि दुईतीन दिन हिँडेर जुम्‍ला वा बाजुराको कोल्‍टीसम्‍म पुग्‍न बाध्‍य छन्।
अअन्नपूर्णपोष्टबाट


  •  
  •  
  •