बुहारीसँगको झगडाको झोकमा सासूले लगाइन् घरमा आगो

292
  •  
  •  
  •  

solukhumbu_districtसोलुखुम्बु, ६ पुस (ओएनएस) :  सोलुखुम्बुमा बुहारीसँग भएको झगडाको झोकमा सासुरुले घरम आगो सल्काउँदा दुई घर जलेर नष्ट भएका छन् । आगो सल्किएपछि लोखिम वडा नं ७ सोलुखुम्बुमा दुई घर जलेर नष्ट भएका छन् ।

शनिबार दिउँसो करिब १ बजे भएको आगलागीबाट आमाछोरा पूर्णबहादुर तामाङ र सप्तकुमारी तामाङको घर जलेको हो । आगो नियन्त्रणमा लिन नसक्दा घरभित्र रहेका सबै लत्ताकपडा र अन्न जलेको छ ।

स्थानीयले दुई घरसहित सबै सम्पत्ति जलेर करिब सात लाखको क्षति भएको बताएका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरीलाई त्यसतर्फ खटाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


  •  
  •  
  •