सिरहा, १० माघ(ओएनएस) : सिरहामा एक युवकले एक महिलामाथि छुरा प्रहर गरी उनेकै छोरी लिएर फरार भएका छन् । सिरहाको गोलबजार नपा–६ स्थानीय गोबर्धन साहकी श्रीमती मिनादेवीलाई छुरा प्रहर गरी उनकै १५ वर्षीय छोरी ममतालाई लिएर ३५ वर्षिय महेन्द्र साह फरार भएका हुन् ।
छुरा प्रहारबाट घाइते भएका मिनादेवीको गोलबजारमै प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर लगिएको छ । उनको गालामा धारीलो हतियारले प्रहार गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष निरौलाले जानकारी दिए ।
गोबर्धन र महेन्द्रले गाउँमा सँगै व्यवसाय गर्दै आएका थिए । महेन्द्र र ममताबीच केही समयदेवी प्रेम सम्बन्ध रहेको स्थानीयले बताएका छन् । महेन्द्रले छोरी लग्ने विषयमा विवाद भएपछि विवाद हँदा छुरा प्रहार गरेको हुन सक्ने प्रहरीले बताएको छ ।
महेन्द्रको पहिला पनि विवाह भईसकेको छ । उनको छोरा छोरी समेत रहेको जनाएको छ । छुरा प्रहार पछि ममतालाई लिएर फरार महेन्द्रको खोजी भईरहेको प्रहरीले जनाएको छ ।