तिन सन्तानको हत्या गर्ने आमा पक्राउ

74
  •  
  •  
  •  

सप्तरी, ३ माघ(ओएनएस) : आफ्नै तीन सन्तानको हत्या गरी फरार भएकी एक आमालाई शुक्रबार सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

करिब दुई हप्ता अगाडी हत्या गरेर फरार भएकी तेरहौता गाविस–३ की कुडी भनिने सजनीदेवी सदालाई सुनसरीको हरिपुर गाविस–१ बाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बैरवा गाविसस्थित सप्तकोसी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा आफ्ना तीन छोराछोरीको हत्या गरी फालेको अभियोगमा पक्राउ गरिएको हो । अभियुक्त कमजोर देखिएकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरको निगरानीमा राखेर ठेलियामास्थित धर्मेश्वर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •