८ बच्चाको चक्कु प्रहार गरी हत्याको आशंकामा बच्चाकी आमा पक्राउ

292
  •  
  •  
  •  

mother-arrested-for-killing-8-childकाठमाडौ, ५ पुस(एजेन्सी) : अष्ट्रेलियाको उत्तरी शहर केर्न्सको एक घरम आठ बच्चाहरुखो चक्कु प्रहार गरी हत्या भएको र उनकी आमा घाइते भएकी थिइन् । हत्या कसले किन गर्यो भन्ने विषयमा सबैलाई उत्सुकता थियो । तर, घटनामा नयाँ मोड आएको छ ।

प्रहरीले हत्या गरेको हुन सक्ने आशंका उनीहरूकी आमालाई पक्राउ गरेको छ । अनुसन्धानमा खटिएका प्रहरी ब्रुनो अस्नीसरले ती महिलालाई हत्याको आरोप भने नलगाइएको बताइन् ।

प्रहरीले ३४ वर्षकी महिला घरको आँगनमा गम्भिर रूपमा घाइते भएको भेटिएको थियो । प्रहरीले जव घरको चेकजाँच गरेको थियो, त्यहाँ आठ बच्चाहरूको शव भेटिएको थियो । यी बच्चाहरूलाई कसैले चक्कु प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीका अनुसार मर्ने बच्चाहरूमा सात जना एकै परिवारका हुन् र ती घाइते महिला उनीहरुको आमा हुन् । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ र उनको अवस्था स्थिर रहेको बताइएको छ ।


  •  
  •  
  •