आमा–छोराको रहस्यमय मृत्यु

191
  •  
  •  
  •  

बारा, २५ चैत(ओएनएस) : बारामा रामपूर्वामा आमा र छोराको रहस्यमय मृत्यु भएको छ । रामपूर्वा गाविस–२ अरेम्बास्थित बिर्ता २१ बर्षिया अनु चौधरी र निजका ३ वर्षीया छोरा राहुल चौधरीको मृत्यु भएको हो । मंगलबार राति करिब १० बजे अचानक आमा-छोरा बेहोस भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहल्वीले जनाएको छ ।

मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सदरमुकाम कलैया अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको बारा प्रहरी प्रहरी नायव उपरिक्षक रवीन्द्र रेग्मीले बताएका छन् ।

अनु चौधरी हिजो दिउँसो करिब चार बजेको समयमा खेतमा गएको र खेत मैं केहि कुराले खुट्टामा घोचेको बताएकी थिइन् । सर्पको टोकाइबाट अनुको शरिरमा बिष फैलिएको हुनाले छोरालाई पनि उनले आफ्नों दुध खुवाउँदा आमा र छोरा दुवैको मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।

यता अनुसन्धानको प्रक्रिया सुरू गरिएको र मृतकहरुको शवको पोष्टमार्टम नभए सम्म सर्पले टोकेको कुरा यकिन गर्न नसकिने बाराका प्रहरी नायाव उपरिक्षक रबिन्द्र रेग्मीले बताएका छन् ।


  •  
  •  
  •