नाडामा २७ लाखसम्मका मोटरसाइकल

118
  •  
  •  
  •  

काठमाडौं ,१९ भदौ (ओएनएस) ः भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शोको दोश्रो दिन विहीवार अवलोकनकर्ताको उपस्थिीती उत्साहजनक रहेको छ । नाडामा विशेषगरी मोटरसाइकलको स्टलमा भिड लागेको आयोजकले जानकारी दिएको छ । मेलाको अवसर पारी अधिकांश कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेका छन । नाडामा २७ लाख रुपैयाँसम्मका मोटरसाइकल प्रदर्शनमा राखिएका छन् ।

यस्ता छन् नाडामा प्रदर्शन गरिएका नया मोडलका मोटरसाइकल
यामाहाका ‘एफजेड एसएफ वान, र ‘आर सीक्स

r15प्रदर्शनीमा यामाहाको एफजेड एसएफ वान, र आरसीक्स मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । जसमध्य आरसीक्सको मूल्य २७ लाख तोकिएको छ । ६ सय सीसी यो मोटरसाइकल हेर्दा आकर्षक छ । एफजेड एसएफ वानको भने मूल्य तोकिनसकेको बताइएको छ।

सुजुकी जीक्सर

images२ लाख २९ हजार ९ सय मूल्य पर्ने सुजुकीजिक्सर नाडा अटो शोकै अवसर पारेर सार्वजनिक गरिएको हो । १ सय ५५ सीसीको यो मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १ सय एमएम छ । यसमा १२ लिटरको इन्धन ट्याङकी रहेको छ । यो मोटरसाइकल पाँच भिन्न रङमा उपलब्ध रहेको छ ।

 

होण्डा एक्टीभा
होण्डा एक्टिभा स्कुटर सार्वजनिक गरेको छ । १ सय २५सीसीको यो स्कुटरको बजार मूल्य १ लाख ९० हजार तोकिएको छ । चार रङमा उपपलब्ध यो स्कुटरमा डिजिटल मिटर छ ।

images (1)

रोयल इन्फिल्ड

५ सय ३५ सीसीको रोयल इन्फिल्ड हाल रातो रङमा मात्र उपलब्ध यसको बजार मूल्य ७ लाख ११ हजार रुपैयाँ रहेको छ । १ सय ४०एमएम ग्राउण्ड क्लियरेन्स तथा १३ लिटरको इन्धन ट्याङकी यसका विशेषता हुन् ।

royal-enfield-bike


  •  
  •  
  •