मोटरसाइकल ठोक्किदाँ दुर्इको मृत्यू, दुर्इ घाईते

250
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस) : कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा २ मोटरसाइकल आपसमा ठोक्किदाँ दुर्इको मृत्यू भएको छ भने दुर्इ जना घाईते भएका छन्।

पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको से ५ प ४८०३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको से २ प ७९८१ नम्बरका मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बर्दिया गेरुवा गाउँपालिका–२ का शिवराज बोगटी र टीकापुर नगरपालिका–१ व्लक नम्बर १८ का नेत्र रावलको मृत्यू भएको हो । बोगटीको घटनास्थलमै र रावलको उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

दुर्घटनामा घाईते भएका जोशीपुर–६ सिम्रीका आसाराम चौधरी र कञ्चनपुर बेलौरीका दिपक चौधरीको लम्की स्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैनसिंह साउँदले बताए ।


  •  
  •  
  •