काठमाडौं । नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासले नेपाल प्रहरीलाई सहयोगस्वरुप २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
चिनियाँ दूतावासका प्रथम सचिव वाङ स्यायो लङले ५६ लाख ३२ हजार ७ सय रूपैयाँ बराबरको टीभीएस अपाचे मोटरसाइकल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।
वाङले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सीसीटीभ कक्षको अवलोकन भ्रमण समेत गरेका थिए ।
सो अवसरमा डीआईजी थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गरे ।
उनले सहयोगका लागि चिनियाँ राजदूतावासलाई धन्यवाद पनि ज्ञापन गरे ।
ती २३ वटा मोटरसाइकललाईआवश्यकताअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने उनको भनाइ छ ।