यस्तो छ, सबैभन्दा खतरनाक जीवाणुको सूची

103
  •  
  •  
  •  

SPL
SPL

काठमाडौं, १७ फागुन  (एजेन्सी) : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस्तो जीवाणु (ब्याक्टेरिया) को सूची तयार गरेको छ, जुन जीवाणुमा औषधिको असर पर्दैन ।

औषधिको असर नपरेका जीवाणु मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा मानिएको बीबीसीले उल्लेख गरेको छ ।

डब्लुएचओले सूचीमा उच्च जोखिम, उच्च प्राथमिकता र मध्यम प्राथमिकता गरी जीवाणुलाई सूचिकृत गरेको छ ।
जीवाणुको सूचीको शीर्ष स्थानमा इ. कोली जस्ता ग्राम–नेगेटिभ बग रहेका छन् । यस्ता जीवाणुका कारण अस्पतालमा भर्ना गरिएका बिरामीको रगतमा गम्भीर खालको संक्रमण तथा निमोनियाको खतरा बढी हुन्छ ।

जीवाणुको सूचीका बारेमा जर्मनीमा हुने जी–ट्वेन्टी सम्मलनमा छलफल हुने बताइएको छ ।

उपचारमा कठिनाइ भएका रोग तथा जीवाणुको संक्रमण कम गर्नका लागि नयाँ एन्टिबायोटिक खोज्नका लागि सरकारी अधिकारीको ध्यान खिच्नु छलफलको मुख्य उद्देश्य रहनेछ ।

अहिले देखिएका केही संक्रमणको उपचार उपलब्ध एन्टिबायोटिकबाट सम्भव नरहेको विशेषज्ञले बेलाबेलामा चेतावनी दिने गरेका छन् । यस्तो अवस्थामा सामान्य संक्रमण पनि निकै खतरनाक बन्न सक्ने चिकित्सकको भनाई छ ।

डब्लुएचओकी डा. म्यारी पल किनी एन्टिबायोटिकको प्रतिरोधात्मक क्षमता चेतावनीको स्तरमा पुगेको र अहिले त्यसको केही उपाय पनि नभेटिएको बताउँछिन । तत्काल नयाँ र जीवाणुसँग लड्न सक्ने खालको औषधि बनाउन नसकिएमा समस्या निकै जटिल हुने उनले चेतावनी दिइन् ।


  •  
  •  
  •