कोबानेको झडपमा ६०० भन्दा बढीको मृत्यु

58
  •  
  •  
  •  

काठमाडौ, ३० असोज(एजेन्सी) । इस्लामिस्ट स्टेट (आइएस) समूह जिहादीले सिरियाको कोबानेमा गरेको भीषण आक्रमणमा कम्तिमा ६ सय मानिसको मृत्यु भएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले बिहिबार दिएको जानकारी अनुसार यसमा मारिनेमा आइएस लडाकुहरू भने परेका छैनन् । यता पेन्टागनले भने यस अवधीमा टर्कीको सीमाक्षेत्रमा पर्ने सिरियाको कोबानेमा जारी द्धन्दमा परी ६ सय ६२ लडाकु मारिएको बेलायतसँग आबद्ध मानवअधिकारीवादी समूहले जनाएको बताएको छ ।

तीमध्ये २० सर्वसाधारण पनि रहेको अब्जरभेटरीका निर्देशक रामी अब्दुल रहमानले बताएका छन् ।

यस क्रममा आइएसले आफ्नो ३७४ लडाकु गुमाएका र झडपको क्रममा कुर्दिश पक्षका २६८ व्यक्तिले ज्यान गुमाएको बताइएको छ ।


  •  
  •  
  •