तत्काल २६ सभासद मनोनयन गर्न मोर्चाको माग

46
  •  
  •  
  •  

काठमाडौँ, १२ भदौ (ओएनएस) :  विपक्षी दलहरुको मोर्चा संघीय गणतान्त्रिक मोर्चाले २६ जना सभासद मनोनय नभएकोमा आपत्ति जनाएको छ । एमाओवादीलगायत सात राजनीतिक दलको मोर्चाले २६ सभासद मनोनयनमा सरकाले गरेको ढिलाइप्रति आपत्ति प्रकट गरेको हो । संविधानसभा निर्वाचन भएको ९ महिना पूरा हुन लाग्दासमेत २६ सभासद्को मनोनयन भएको छैन ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको संघीय गणतान्त्रिक मोर्चाले तत्काल २६ सभासद्को मनोनयन गरेर संविधानसभालाई पूर्णता दिन सरकारसँग माग गरेको छ । यस्तै, सरकारमा सहभागी दलले गत पुस ९ गते भएको चारबँुदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक समिति गठनमा आलटाल गरेको भन्दै मोर्चा व्यवस्थापिका–संसद् चल्न नदिने पूर्व निर्णयमा कायम रहेको समेत निष्कर्ष निकालेको सद्भावना पार्टी नेपालका सहअध्यक्ष एवम् मोर्चाका प्रवक्ता लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारमा रहेका दल संविधान निर्माणमा भन्दा पनि सरकार र सत्ता मात्रै लम्ब्याउने खेलमा लागेको भन्दै सदन र सडकबाट दबाब दिने निर्णय समेत गरेको छ ।


  •  
  •  
  •