मधेसी मोर्चाद्वारा निर्णय विपरित औषधी बोकेको ट्रकमा आगजनी

127
  •  
  •  
  •  

वीरगञ्ज, ४ मंसिर(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्जमा औषधी बोकेको ट्रकमा आगजनी गरेका छन् । मधेसी मोर्चाको बिहिबार बसेको बैठकले औषधीजन्य सामग्री ल्याउन दिने निर्णय गरेपछि औषधी ल्याउन लागिएको ट्रकमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

बिहिबार राति नै औषधी लोड गरिएको ना २ ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको हो । ट्रकको अगाडि अति आवश्यक औषधी भनेर लेखिएको ब्यानर राखिएको भएपनि मोर्चाले ट्रक जलाएकोमा व्यवसायीहरुले दु:ख व्यक्त गरेका छन् ।

पर्सा प्रहरीका अनुसार आगजनी राति १ बजेतिर गरिएको हो । आगजनीले औषधिलगायतका करिब २० लाख मुल्यको सामग्री जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •