शर्तसहित वार्तामा बस्ने मोर्चाको भनाइ

131
  •  
  •  
  •  

काठमाडौँ, ९ जेठ(ओएनएस) : मधेसी मोर्चाले आफ्ना शर्त पुरा गरेमात्र आफूहरू वार्तामा बस्न तयार रहेको बताएको छ ।

वार्तामा आउन सरकारले मोर्चालाई मन्त्रिपरिषद्बाटै लिखित आव्हान गरेपछि मोर्चाले सरकारले सहमति कार्यान्वयन हुने प्रतिबद्धता जनाएमात्र वार्तामा बस्ने जनाएको छ ।

वितगमा भएका ३ दर्जनभन्दा बढि वार्तामा सहमति हुन नसकेको र सरकारले गरेका प्रतिबद्धता पुरा नगरेका कारण सरकारलाई विश्वास गर्न नसकिने भन्दै वार्तामा नबस्ने बताएको हो । आफ्ना शर्तहरू पुरा गर्ने प्रतिबद्धता तथा ग्यारेन्टी गर्नुपर्ने साथै संविधान पुनःलेखन र मधेसी मोर्चाले राखेका मागका विषयमा प्रष्ट धारणा व्यक्त गर्नुपर्ने शर्त अघि सारेको छ ।

घाइतेको उपचार, मुद्दा लगाएर थुनेका कार्यकर्ताको रिहाई र संविधान पुनःलेखन गर्ने ग्यारेन्टीसहितको धारणापछि मात्रै वार्तामा जाने मोर्चाको भनाई छ ।

यसैबीच मेधसी गठबन्धनले आज काठमाडौको चावहिलमा प्रदर्शन गर्ने भएको छ । दिउँसो कोणसभासहितको प्रदर्शन हुनेछ ।


  •  
  •  
  •