सरकारले बोलाए मोर्चा वार्तामा बस्न तयार

136
  •  
  •  
  •  

काठमाडौँ, २८ कात्तिक(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको लागि उचित वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

वीरगञ्जमा भएको पछिल्लो घटनापछि सेलाएको सरकार र मोर्चा बिचको वार्ता अघि बढाउन सरकार गम्भिर नभएको मोर्चाको ठहर छ । सरकारले तिहार र छठ सकिए लगत्तै ठोस वार्ता हुने नताइरहेका बेला तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो पटक वार्ताको लागि सरकारको तर्फबाट कुनै पनि पहल नभएको बताएका छन् ।

उनले मधेसी मोर्चा वार्ताको विपक्ष नरहेको भन्दै सरकार वार्ता प्रति गम्भिर नभएको आरोप लगाएका छन् । ठाकुरले सरकारले वार्ताका लागि बोलाए आफूहरू वार्तामा बस्न तयार रहेको बताएका छन् ।

झण्डै तीन महिना यता संविधान र सिमांकनको विरोधमा तराई मधेसमा आन्दोलन गर्दै आएको मोर्चाले तिहार र छठमा भने आन्दोलन केहि खुकुलो बनाएको छ ।


  •  
  •  
  •