मोर्चाद्वारा नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक

255
  •  
  •  
  •  

काठमाडौँ, २५ पुस(ओएनएस) : मधेसी मोर्चाले पुस २८ गतेदेखी माघ ८ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले विज्ञप्ति जारी गर्दै संविधान संशोधन विधेयक मोर्चालाई मान्य नहिुने भन्दै सरकार वार्ताप्रति गम्भिर नदेखिएको कारण कुनै परिणाम निस्किन नसकेको जनाएको छ ।

मधेसी जारी आन्दोलनका कार्यक्रम यथावत राख्दै आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको हो । मोर्चाले जुलुस, लाठी जुलुस, फोटो र वृतचित्र प्रदर्शनी, चौराहाहरूमा विरोध प्रदर्शन गर्नुका साथै माघ ५ गते जिल्ला सदरमुकामहरूमा बलिदानी दिवस मनाउने मोर्चाले जनाएको छ । मधेस आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा बलिदानी दिवस मनाउने मोर्चाको भनाई छ ।

morcha new protest schedulemorcha new protest schedule1


  •  
  •  
  •