संघियताको साझा खाका बनाउँदै गणतान्त्रिक मोर्चा

45
  •  
  •  
  •  

काठमाडौं ६ भदौ (ओएनएस) : एकीकृत माओवादी नेतृत्वको संघिय गणतान्त्रिक मोर्चाले संघियताका विषयमा साझा धारणा बनाउने भएको छ । ९ गते बस्ने प्रमुख तीनदलको बैठकमा राख्ने प्रस्ताव तयार गर्न आज मोर्चाको बैठक बस्न लागेको हा । आजको बैठकमा यसअघि गठित कार्यदलले प्रतिवेदन पेस गर्नेछ । कार्यदललेपेस गरेको प्रतिवेदनका आधारमा मोर्चाको बैठकले ठोस धारणा बनाउने सद्घावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

बैठक दिउँसो ३ बजे एमाओवादी अधयक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बोलाइएको छ । ‘बैठकमा पहिलो कुरा कार्यदलको प्रतिवेदनमाथि छलफल हुन्छ’ महतोले भने ‘त्योसँगै हामी बृहत अन्र्तक्रिया गर्दैछौ त्यसमा पनि छलफल हुनेछ ।’ मोर्चामा रहेका दलहरुले शनिबार काठमाडौंमा सयुक्त अन्र्तक्रिया राखेका छन् ।

बैठकमा संविधानका अन्तरबस्तुमा मोर्चाको साझा धारणा तय गर्ने विषयमा छलफल हुने भएको छ । मोर्चाले एमाओवादी र सरकारसँग भएको १२ बुँदे सम्झौता, मधेसवादी दल र सरकारसँग भएको २२ बुँदे र ८ बुँदे सम्झौता तथा अन्य सम्झौताका विषयमा पनि छलफल गर्ने भएको ।

सात पार्टी सम्मिलित मोर्चामा एमाओवादीसँगै मधेसी जनअधिकार फेरम नेपाल, तराई मधेस लोकतानित्रक पार्टी,सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, लोकतालन्त्रिक, तराई मधेस सद्भावना पार्टी र संघिय समाजवादी पार्टी सहभागी छन् ।


  •  
  •  
  •