रणनीति बनाउन विपक्षी मोर्चाको बैठक सिंहदरबारमा

238
  •  
  •  
  •  

काठमाडौं २१ माघ (ओएनएस) : एमाओवादी नेतृत्वको मधेसी मोर्चा आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् । भोलि बोलाइएको संविधानसभाको बैठकमा जनो वा नजाने विषयमा रणनीति तय हुनेछ ।

त्यस्तै यसअघि घोषणा गरिएको आन्दोलन र एमाआवादीको एकल कार्यक्रमका विष्यमा पनि छलफल हुनेछ । आजको छलफलले गर्ने निणर्यका आधारमा रणनीति तय गर्ने सद्भावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । उनले भोलिको बैठक बहिष्कार गर्ने विषयमा मत दखिएकाले त्यसमै निणर्य हुने पनि बताए ।

सिंहदरबारस्थित एमाओवादीको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा प्रश्नावली निर्माण प्रस्ताव समिति गठनको निर्णयविरुद्ध अपनाउने थप रणनीतिका विषयमा छलफल हुनेछ । एकीकृत नेकपा माओवादीले संसदीय समितिको बैठकहरु पनि बहिष्कार गरिसकेकाले मोर्चामा रहेका अन्य दलले गर्ने कार्यक्रम र संविधानसभा बाहिर रहेका दलसँगको सहकार्यका विषयमा कुराकानी हुनेछ ।

मोर्चामा विजयकुमार गच्छदार सहमति र वार्ताबाट समस्या समाधान गर्नुपर्ने पक्षमा रहेपनि अन्यले वार्ता सम्भव नभएको निस्कर्ष निकालेका छन् ।


  •  
  •  
  •