एमाओवादी नेतृत्वको विपक्षी मोर्चा साझा धारणा बनाउँदै

229
  •  
  •  
  •  

काठमाडौं १३ भदौ (ओएनएस) :
राजनीतिक सयन्त्रको गठन प्रक्रिया र सहभागितामा साझा धारणा बनाउन विपक्षी मोर्चाको बैठक बस्दैछ । एकीकृत नेकपा माओवादी नेतृत्वको संघिय गणतान्त्रिक मोर्चाको आज बस्ने बैठकले ठोस धारणा बनाउनेछ । अहिले बिहान सिंहदरबारमा बस्ने बैठकमा उच्चस्चरीय राजनीतिक सयन्त्रको गठन, २६ सभासदको मनोनयन र संविधानका अन्र्तबस्तुमा छलफल हुनेछ । चारबुँदे सहमति कार्यान्वयन नभए संसद अवरुद्ध गर्ने निणर्य गरेको मोर्चाले राजनीतिक समितिमा हुने सहभागिता र त्यसको नेतृत्वका विषया टुङ्गो लगाइसकेको छैन । सद्भावना पार्टी नेपालका सह–अध्यक्ष मोर्चाका प्रवक्ता लक्ष्मणलाल कर्णले हिजो राजनीतिक सयन्त्र गठन र २६ सभासदका विषयमा टुङ्गोमा पुथ्न नसकिएकाले आज थप छलफल हुने लागेको बताए । राजनीतिक सयन्त्र गठनमा सत्तासिन दल सहमत नभए संसद चल्न नदिने विषयमा सहमति भइसकेकाले आज त्यसमा पनि थप छलफल हुने उनले बताए । बैठक बिहान १० बजे बस्ने तय गरिएको छ ।


  •  
  •  
  •