मोर्चासहित ६ दलद्वारा संसद बैठक बहिष्कार

206
  •  
  •  
  •  

काठमाडौँ, ७ माघ(ओएनएस) : मधेसी मोर्चासहितका ६ पार्टीले संसदको बैठक बहिष्कार गरेका छन् ।

मोर्चासहितका ६ दलले संसदमा प्रस्तुत गरिएको संशोधनले मधेसको माग सम्बोधन नहुने भन्दै बैठक बहिष्कार गरेका हुन् । थरूहट तराई पार्टीका सांसद गोपाल दहितले सदनमा बोलेपछि मधेसी मोर्चासहितका ६ दलका सांसदले संसद बहिष्कार गरेर बाहिरिएका थिए ।

गोपाल दहितले संशोधन गर्नुपर्ने धेरै विषय भएकोमा संविधानको धारा ४२, ८६ र २८६ मात्र संशोधन गर्न लागेको भन्दै यसले मधेसको माग सम्बोधन हुने संसदमा बोल्ने क्रममा उल्लेख गरेका थिए । उनले भने, ‘तीनवटा धारा संशोधन गरेर मात्र समस्या समाधान नहुने हुँदा अन्य धारा पनि संशोधन गर्न जरूरी छ ।’


  •  
  •  
  •