प्रधानमन्त्रीले बोलाएको बैठकमा मधेसी मोर्चा अनुपस्थित

138
  •  
  •  
  •  

काठमाडौँ, ११ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीयमा बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएको छ ।

प्रधानमन्त्री ओलीले आन्दोलनरत मोर्चालाई वार्तामा आउन सोमबार साँझ औपचारिक रूपमा पत्र पठाएपनि मोर्चा भने वार्तामा उपस्थित भएन । प्रधानमन्त्रीले पठाएको पत्रमा वार्ता र सम्वादमार्फत समस्या समाधानका लागि सरकार तयार रहेको भन्दै सर्वदलीय बैठकका लागि निम्तो पठाएका थिए । यस्तै, प्रधानमन्त्री कार्यालयले मधेसी मोर्चा आवद्ध दलका नेताहरूलाई फोन गरेर नै बैठकबारे जानकारी गराएका थिए ।

मधेसी मोर्चामा आवद्ध दलहरूले अहिले संघीय गठवन्धनको नाममा आन्दोलन गरिरहेका छन् । गठबन्धन संयोजक रहेका समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले वार्ताबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

मोर्चासहितको गठबन्धन काठमाडौंकेन्द्रित आन्दोलन घोषणा गर्दै भित्री सहरहरुमा प्रदर्शनरत छ ।


  •  
  •  
  •