मोर्चाद्वारा सरकारको प्रस्ताव अस्विकार, आन्दोलन जारी रहने

171
  •  
  •  
  •  

काठमाडौँ, ८ पुस(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको प्रस्तुत गरेको तीनबुँदे प्रस्ताव अस्वीकार गर्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

सरकारले प्रस्तुत गरेको तीन बुँदे प्रस्तावबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नका लागि समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको बैठकले सरकारले ल्याएको प्रस्ताव अमूर्त, अस्पष्ट र दृष्टिकोणबिहीन भएको निर्णय गरेको छ ।

बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले भनेको छ, ‘सरकारको प्रस्ताव ठोस रुपमा नभई अमूर्त, अस्पष्ट र दृष्टिकोणबिहीन रहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वार्ताद्धारा समस्या समाधान गर्न र मोर्चाद्धारा प्रस्तुत ११ बुँदे प्रस्तावप्रति सरकार गम्भीर नरहेको कुरा उक्त पत्रबाट नै स्पष्ट हुन्छ ।’

सरकारले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने, राजनीतिक संयन्त्र बनाएर सीमांकनबारे तीन महिनाभित्र निर्णय गर्ने र नागरिकता लगायतका विषयमा वार्ताबाट सहमति गर्ने प्रस्ताव अघि सारेको छ ।

Morcha press release 7 paush


  •  
  •  
  •