मोर्चाले तिहार र छठमा आन्दोलन खुकुलो पार्ने

116
  •  
  •  
  •  

काठमाडौँ, २२ कात्तिक(ओएनएस) : दशैमा आन्दोलन जारी राखेको मधेसी मोर्चा तिहार र छठका लागि भने आन्दोलन खुकुलो गर्ने भएको छ ।

घोषणा नगरि २४ गतेबाट यातायात सञ्चालनमा खुकुलो छोड्ने मोर्चाले तयारी गरेको छ । व्यवस्थापिका संसदमा सहभागी भएर संसद अवरुद्ध पार्ने र सडक केही खुकुलो बनाउनेमा मोर्चाका नेताहरुले सहमति गरेका छन् ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले नागरिकहरुको जनजीवन अप्ठ्यारोमा परेको विषयमा मोर्चा पनि संवेदनशहीन भएको बताए । तर, आन्दोलन फिर्ता लिने विषयमा भने छलफल नभएको बताए । उनले तिहार र छठ अघि नै सहमति होस भन्नेमा मोर्चाको चाहाना रहेको पनि बताए । मोर्चाका एक नेताका अनुसार अब सडक आन्दोलनलाई केही खुकुलो बनाएर संसदमा केन्द्रित गर्नेमा धेरैको मत देखिन्छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महोतो भने सबै माग पुरा नभए आन्दोलन जारी राख्ने अडानमा छन् ।


  •  
  •  
  •