कांग्रेस र मधेसी मोर्चा नजिँकिदै

146
  •  
  •  
  •  

काठमाडौं, १ मंसिर (ओएनएस) : नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज पनि वार्ता हुने भएको छ । संघिय सीमांकनमा विषयमा देखिएको विवाद मिलाउन नेपाली कांग्रेसले अग्रसरता लिए अनुसार छलफल हुन लागेको हो । नेपाली कांग्रेसले संविधान संसोधनका विषयमा अग्रसरता लिने गरि कांग्रेससँग छलफल गर्न लागेको नेताहरूले बताएका छन् ।

आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमांकनमा कायम रहेको मतभेदलाई अन्त्य गर्न कांग्रेससँग सहकार्य गरेर अघि बढ्न तयार देखिएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसले आफ्ना मुद्दामा सहमति जनाए उसकै नेतृत्वमा संसोधन गर्ने अभियानमा आफुहरु सहभागी हुने बताए ।

उनले नेपाली काग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयकलाई समर्थन जनाउने र सीमांकनको विवाद मिलाउने जिम्मेवारीको नेतृत्व काग्रेसलाई दिने सकिने बताए । हिजो प्रमुख तीनदलबीच पनि छलफल भएको थियो ।


  •  
  •  
  •