मोर्चाको नेतृत्वकर्ता एमाओवादी छुट्टै छलफलमा

273
  •  
  •  
  •  

काठमाडौं १४ माघ (ओएनएस) : विपक्षी मोर्चाको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादी आज आन्तरिक छलफल गर्ने भएको छ । संविधान जारी गर्ने विषयमा संविधानसभामा सुरु भएको प्रक्रिया पार्टीले लिने रणनीतिका विषयमा छलफल हुनेछ । मोर्चा भित्रैका दलमा फाटो आउन थालेपछि एमाओवादीले त्यसमा पनि छलफल गर्नेछ ।

संविधान निर्माणको समिक्षा र भावी रणनीतिका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्दैछ । माघ ८ गतेपछिको राजनीतिक अवस्था, संविधान निर्माणमा पार्टीको रणनीति, घोषित आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक गिरिराज मणि पोखरेलले जानकारी दिऐ । बैठक बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको छ ।


  •  
  •  
  •