विपक्षी मोर्चाद्धारा तीन चरणको आन्दोलन घोषणा

211
  •  
  •  
  •  

काठमडौं १२ माघ (ओएनएस) : एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चाले सरकार र संविधानसभाध्यक्षको कदम विरुद्ध आन्दोलनको घोषणा गरेको छ । तीन चरणमा आन्दोलन घोषणा गरेको मोर्चाले संविधानसभा बहिष्कार गर्ने र वार्तामा नबस्ने निणर्य गरेको छ । पहिलो चरणमा प्रचारात्मक, दोस्रो चरणमा दवाव मुलक र तेस्रो चरणमा निणर्यक आन्दोलन गर्ने निणर्य गरेको छ ।

आज बसेको संविधानसभाभित्र र बाहिर रहेका ३० दलको बैठकले प्रस्ताव समिति गठनको निर्णय नसच्याएसम्म संविधानसभामा नजाने र वार्तामा पनि नबस्ने निर्णय गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

नेपाली कांग्रेस र एमाले लगायत सत्तारुढ दलको समर्थनमा प्रस्ताव समिति गठन भएको विरोधमा विपक्षी १९ दलले बाहिरका दलहरुसँग मिलेर सडक आन्दोलन चर्काउने निर्णय गरेका हो । बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १७ चैत १५ सम्म कृयात्मक आन्दोलन गर्ने र त्यसपछि सरकारको गतिविधि अनुसार आन्दोलन अघि बढाउने बताए ।  जनआन्दोलन २०६२ ०६२ को नजिक पारेर निणर्यक आन्दोलनको मिति तय भएको छ ।

30 dal movement


  •  
  •  
  •