अब के गर्ने ? सिंहदरबारमा मोर्चाको आकस्मिक बैठक

322
  •  
  •  
  •  

काठमाडौं, ११ माघ (ओएनएस) : सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली तयारका लागि प्रस्ताव समिति गठन गरेपछि विपक्षी मोर्चा आकस्मिक छलफलमा जुटेको छ । नयाँ बानेश्वरबाट  मोर्चाका सबै नेताहरु एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमो सिंहदरबार पुगेका छन् । माघ ५ गतेको कार्यसूचि हटाएर सभाध्यक्ष आफैंले प्रस्ताव समिति गठन गरेका हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले सभाध्यक्षको प्रस्तावले परिणाम राम्रो नहुने भन्दै जनतामा जाने घोषण गरिसकेका छन् । मोर्चाले संविधानसभा छाडेर जनताको बिचमा जाने वाा गरिसकेका छन् ।  मोर्चाको आकस्मिक बैठकमा संविधान  छाड्ने वा संविधानसभाभित्रै प्रतिवाद गर्ने भन्नेमा ठोस निणर्य हुनेछ ।

प्रवक्ता प्रेमबहादुर सिंहदे यसअघि पनि प्रारम्भिक छलफल भइसकेको र आज निणर्य हुने बताए ।  ‘अब आजै नयाँ रुपको आन्दोलन घोषण हुन्छ’ उनले भने, ‘म यतिमात्रै भन्छौ संविधानसभा छाड्न पनि सक्छौ ।’


  •  
  •  
  •