विपक्षी मोर्चाले संविधानको खाका ल्याउँदै

275
  •  
  •  
  •  

काठमाडौं २१ पुस (ओएनएस) :
एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको संघीय गणतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ । बिहान सिंहदरबारमा बस्ने बैठकमा हिजो तयार गरिएको अवधारणमा थप छलफल हुने भएको छ । मोर्चाको अवधारणामा पहिचानसहितको १० प्रदेशको संघीय संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासन व्यवस्था हुने प्रस्ताव गरिएको छ । अवधारणामाथि आज थप छलफल गरेर आज अन्तिम रुप दिइने मोर्चाका प्रवक्ता पे्रमबहादुर सिंहले जानकारी दिए ।


  •  
  •  
  •