संविधान संशोधन अगाडि बढाएर निर्वाचनमा जान मधेसी मोर्चा सहमत

236
  •  
  •  
  •  

prachand and morchaकाठमाडौँ, १६ पुस (अाेएनएस) : प्रधानमन्त्री र संयुक्त मधेसी मोर्चाबीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउदै निर्वाचनमा जाने सहमति भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको हो ।

बैठकले संसदमा दर्ता संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धि कार्यतालिका निश्चित गर्ने समझदारी समेत गरेको छ । भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागि थिए ।
शुक्रबार मात्र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका मोर्चाका नेताहरुले शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।


  •  
  •  
  •