संशोधन पारित नहुन्जेल निर्वाचन गर्न नदिने मधेसी मोर्चाको निर्णय

133
  •  
  •  
  •  

काठमाडौँ, १५ पुस (अाेएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नहुन्जेलसम्म कुनै पनि निर्वाचन गर्न नदिने निर्णय गरेको छ।

२ दिनसम्म काठमाडौंमा बसेको मोर्चाको बैठकले संशोधन विधेयक संसदबाट पारित नभएसम्म निर्वाचन गर्न नदिने निर्णय गरेको हो ।

बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वा जारी विज्ञप्तीमा भनिएको छ–‘संविधान संशोधन नगरी गरिने निर्वाचनले द्वन्द्व मात्र बढाउने र विद्यमान समस्याको समाधान पनि हुने छैन ।’

संविधान संशोधन नगरी सरकारले निर्वाचनको तयारी गरेको भन्दै आन्दोलन घोषणा गरेको छ । मोर्चाले संविधान संशोधनको प्रस्ताव परिमार्जन गरी पारित गर्न तथा निर्वाचनको विरोधमा जनदबाब दिने उद्देश्यले पुस १८ गते मधेसका जिल्ला सदरमुकाममा खबदारी विरोध प्रर्दशन गर्ने निर्णय समेत गरेको छ ।

एमालेका कारण संविधान संशोधन प्रस्ताव अलपत्र परेको र राजनीतिक गतिरोध लम्बिएको निष्कर्ष निकाल्दै मोर्चाले त्यसको विरोध गरेको छ ।


  •  
  •  
  •