संविधान संशोधन नभए निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको चेतावनी

232
  •  
  •  
  •  

काठमाडौँ, १४ पुस (अाेएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने चेतावनी दिएको छ ।

मोर्चाको बिहीबारको बैठकमा संशोधन प्रक्रियालाई बीचमै छोडेर निर्वाचन गरे भाग नलिने सहभागी नेताहरूले धारणा राखेका हुन् ।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले संविधान संशोधनविना मोर्चाले चुनावमा भाग नलिने बारेमा शीर्ष नेताहरुको एकमत रहेको बताए ।

बैठक शुक्रबार पनि चल्ने जनाइएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच बुधबार भएको छलफलमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि मोर्चाको धारणा आएको हो ।


  •  
  •  
  •