एमाओवादी नेतृत्वको मोर्चा आजदेखि आन्दोलनमा

447
  •  
  •  
  •  

काठमाडौं १९ पुस (ओएनएस) : प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा आजदेखि आन्दोलनमा जाने भएको छ । आम हड्ताल सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चा सहमतिका आधारमा संविधान बनाउनुपर्ने दवाव सहित आन्दोलनमा जान लागेको हो ।

मोर्चाले पुस १९ गते सबै जिल्लामा जनप्रदर्शन र सभा गर्ने तयारी गरेको छ । पूर्व घोषित कार्यक्रम अनुसार सबै जिल्लामा प्रदर्शन गर्ने मोर्चाले जनाएको छ । संविधान जारी गर्ने माघ ८ नजिकिंदै गए पनि संविधानका अन्तरवस्तुमा असहमति जनाउँदै आएको मोर्चाले आज सबै जिल्लामा प्रदर्शन तथा सभा गर्ने एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । पहिचा र अधिकारको लागि भन्दै माओवादी नेतृत्वको मोर्चाले आमहड्तालसम्मका आन्दोलनका कार्यक्रम यसअघि नै घोषणा गरिसकेका छन् ।

एमाओवादी मोर्चाले पनि २५ पुसमा खसान खप्तड र कर्णाली० २७ पुसमा किराँत, लिम्बुवान, मगरात र तमुवान राज्य, २८ पुसमा थरुहट र मधेस तथा २९ पुसमा नेवाः र ताम्सालिङ बन्द गर्दै ५ माघमा देशव्यापी आमहडतालको कार्यक्रम घोषणा गरेको थियो ।


  •  
  •  
  •