काठमाडौं २ बैशाख ओएनएस) : सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन र सरकारसँग वार्ताको तयारीका विषयमा छलफल गर्ने भएको छ । बिहान ११ बजेपछि संघिय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि गरेको आग्रहमा जवाफ दिनेछ । अनौपचारीक धारणा बाहिर आएपनि आज बैठक बसेर औपचारीक धारणा तय गर्ने मोर्चाले जनाएको छ ।
मोर्चाले वार्तामा उठाएका माग पुरा हुने ग्यारेन्टी भएमात्रै वार्ता गर्ने बताएको छ । आजको बैठकमा मधेसी मोर्चासँग सहकार्यमा जोडिएको पदमरत्न तुलाधर समुहको पनि सहभागिता रहनेछ । बैठक पछि सरकारलाई जवाफ पठाउने तयारी छ । मार्चाले बैशाख ६ गतेपछि आन्दोलन गर्ने बताएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध दलका नेताहरूले प्रधानमन्त्री केपी ओलीले गरेको वार्ता आह्वान अस्वीकार गरेका छन् । मोर्चाले रकारसमक्ष सात महिनाअघि पेस गरेको ११ बुँदे मागपत्रबारे प्रधानमन्त्री मौन रहेको भन्दै उनीहरूले वार्ता प्रस्ताव अस्वीकार गरेका हुन् । उनीहरूले बिहीबार दिउँसो राजधानीमा बैठक गर्दै आन्दोलनको नयाँ तिथि घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।