मधेसी मोर्चाले चीन सरकारलाई पत्र पठाउँदै

178
  •  
  •  
  •  

काठमाडौं ५ चैत (ओएनएस) : आन्दोलनरत मधेसी मोर्चाले आफ्ना मागका जिवषयमा चीनको पनि ध्यान आकर्षण गराउने भएका छन् । मोर्चासहितको संघीय गठबन्धनमका नेताहरुलले आज शुक्रवार विहान नेपालकालागि चिनियाँ राजदूत उ छुन्थाईलाई भेट्ने भएका छन । आफ्ना मागसहित बिहान राजधानीको होटल सांग्रिलामा चिनियाँ राजदुतसँग छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीको आइतबार सुरु हुने चीन भ्रमणको पूर्वसन्ध्यामा उनीहरुले चिनिया राजदूतलाई अनुरोधपत्र बुझाउन समय मागेपछि भेटवार्ताको समय तय गरिएको हो। प्रधानमन्त्रीकै भ्रमणको विषयलाई मोर्चाले आपत्ति जनाउने बुझेको चीनले कुटनीतिक अप्ठेरो देखाउदै दूतावास बाहिर नेताहरुलाई भेट्न खोजेपछि सांग्रिला होटल तय भएको स्रोतले जनायो । प्रधानमन्त्री केपी ओलीको पर्सिदेखि हुने चीन भ्रमणको पूर्वसन्ध्यामा उनीहरुले चिनियाँ राजदूतलाई ध्यानाकर्षणपत्र बुझाउने छन ।

गठबन्धनले साउन ३१ देखि मोर्चाले थालेको मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको अझै सम्बोधन नभएको, आन्दोलनमा व्यापक धरपकड र दमन भएको, निर्दोषलाई गिरफ्तार गरी मानव अधिकार हनन गरिएको, असोज ३ गते जारी संविधान छ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको जस्ता विषय समेटेर राजदूत मार्फत चीन सरकारलाई अनुरोधपत्र पठाउन लागेको हो ।

भेटमा समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टी अध्यक्ष अनिल झा, फोरम वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, रामसपा प्रवक्ता केशव झा सहभागि हशुने छन् । त्यस्तै, अधिकारकर्मी पद्मरत्न तुलाधर र परशुराम तामाङ सहभागि हुने छन ।


  •  
  •  
  •