‘फेस सेभिङ’को खोजीमा मोर्चा

126
  •  
  •  
  •  

काठमाडौं २ माघ ।
‘फेस सेभिङ’को खोजीमा मोर्चा

मोर्चा भने ‘फेस सेभिङ’को खोजीमा छ । त्यसैका लागि उसले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनको भाषामा सहमति हुनुपर्ने अडान राखेको छ । कांग्रेस नेताहरू विमलेन्द्र निधि र मीनेन्द्र रिजालले संविधान संशोधन विधेयक परिमार्जनका लागि दर्ता गरेको प्रस्तावप्रति आफूहरू सकारात्मक रहेको मोर्चाका एक वरिष्ठ नेताले बताए । मोर्चाका नेताहरू हृदयेश त्रिपाठी र लक्ष्मणलाल कर्णलगायतसँग छलफल गरेर कांग्रेस नेताहरूले परिमार्जनका लागि प्रस्ताव दर्ता गराएको उनको भनाइ छ ।

मोर्चासँग सहमतिनजिकका बुँदा

मधेसी मोर्चाका ११ मागमध्ये ६ वटामा प्रमुख तीन दल सहमतिनजिक छन् । प्रदेशको सीमांकन फेरबदल गर्ने मात्र होइन, वैवाहिक अंगीकृत नागरिकता, समानुपातिक समावेशी, निर्वाचन क्षेत्र निर्धारण, बहुभाषिक नीति र स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानुनबमोजिम हुनुपर्ने मागबारे प्रमुख दल सकारात्मक छन् ।

त्यसैले राजनीतिक संयन्त्र बनाउने समझदारी हुन लागेको हो । मोर्चा पनि जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न लचिलो छ । सद्भावना महामन्त्री मनीष सुमनका अनुसार प्रमुख दल र मोर्चाबीच ५–६ वटा बुँदामा सहमति हुने देखिन्छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •