आन्दोलनका कार्यक्रम बारे मोर्चा अन्यौलमा

144
  •  
  •  
  •  

काठमाडौं २४ पुस (ओएनएस) : आगामी आन्दोलनका विषयमा मधेसी मोर्चा अन्यौलमा देखिएको छ । अर्को चरणको आन्दोलन घोषणा गर्ने वा आन्दोलन रोकेर वार्तामा केन्द्रित हुने भन्नेमा निणर्य हुन सकेको छैन । आन्दोलन नगर्दा सरकारले कमजोर ठान्ने र आन्दोलन गर्दा जनसमर्थन कमजोर भएकाले अन्यौल देखिएको एक नेताले बताए ।

तर उनका अनुसार सीमा नाका छाडेर बहर केन्दिैत आन्दोलन गर्नेमा नेताहरु नजिक देखिएका छन् । सरकारसँग सहमतिका लागि भइरहेको प्रयासबारे साझा धारणा बनाउन मधेसी मोर्चाको बैठक आज पनि कस्दैछ । हिजोको बैठकले आन्दोलनको समिक्षा र सामान्य छलफल गरेपनि धारण तय गर्न सकेको थिएन ।

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने बैठकमा प्रमुख दलसँग अघि सार्ने एजेण्डा, आन्दोलनको स्वरुपका विषयमा साझा धारण बनाइनेछ । मोर्चाको हिजोको बैठकमा मधेस आन्दोलनको समीक्षा भएको आज केही निणर्य गन तमलोपा नेता वृशेषचन्द्रलालले जानकारी दिनुभयो । बैठक दिउँसो १ बजेपछि बस्नेछ ।


  •  
  •  
  •