विपक्षी मोर्चा सत्तासिन दलहरुसँग जुध्ने

270
  •  
  •  
  •  

काठमाडौं ६ पुस (ओएनएस) :  संविधानका विवादित विषयमा साझा धारणा बनाउन एकीकृत माओवादी नेतृत्वको सङघीय लोकतान्त्रिक गठबन्धनले छलफल सुरु गरेको छ । कांग्रेस एमाले प्रक्रियातिर अघि बढेपछि बैठकले त्यसलाई स्वीकार गरेर अघि बढ्ने वा प्रतिवाद गरेर जाने भन्नेमा धारणा बनाउने छ । संविधानका अन्र्तबस्तुमा पनि साझा धारण बनाइनेछ ।

मोर्चाभित्रै संघियताका विषयमा फरक फरक भनाई आइरहेका छन् । एकीकृत माओवादी संसदिय दलको कार्यालयमा बिहान सुरु बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हिजो कांग्रेस एमालेसँग भएको छलफलको विषयमा जानकारी गराउने छन् ।

संविधान बनाउन कांग्रेस, एमाले लचक नभए आन्दोलन गर्ने यसअघि नै निश्कर्ष निकालिसकेको छ । मोर्चाले अवको रणनीति र कार्ययोजना के हुने भन्ने विाष्यमा आज पनि छलफल गर्न लागेको छ । मोर्चाले अन्तरिम संविधानले स्वीकार गरेको संघीयता, धर्म्निरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टीमा मात्रै संविधानमा सहमति हुननसक्ने जनाएको छ ।


  •  
  •  
  •