कार्यदलमा सदस्य पठाउने बारे महन्त र उपेन्द्रबीच विवाद

249
  •  
  •  
  •  

काठमाडौं २१ पुस (ओएनएस) : संयुक्त मधेसी मोर्चाले प्रमुख तीन दलले प्रस्ताव गरेको साझा कार्यदल बनाउने विषयमा आज छलफल गर्दैछ । तीन दलका तर्फबाट बनाएको कार्यदललमा सदस्य पठाएर थप छलफल गर्ने वा नगर्ने भन्नेमा निणर्य गर्न आज मोर्चाको बैठक बस्दैछ । बिहान १० बजेपछि बस्ने बैठकमा सरकार तर्फबाट आएको प्रस्ताव, संविधान संसोधन प्रक्रिया र नयाँ चरणको आन्दोलनका विषयमा छलफल हुनेछ ।

बैठकले तीन दलले बनाएको कार्यदलमा जाने र नजाने बारे निर्णय गर्ने संघिय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तमलोपाका अध्यक्ष महन्त ठाकुरले २ जना पठाउने विषयमा निर्णय गर्नुपर्ने बताएपनि समाजवादीका अध्यक्ष उपेन्द्र यादव पठाउने पक्षमा देखिनु भएको छैन । मोर्चाको कार्यालय विजुली बजारमा बस्न बस्ने तयारी छ ।

हिजो पनि मोर्चाका बैठक बसेको थियो तर निणैय गर्न सकेन । तीन दलको कार्यदलमा कांग्रेसबाट महेस आचार्य, एमालेबाट भिम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा छन्।


  •  
  •  
  •