मोर्चाले कार्यदल गठनमा सहमति नजनाउने

222
  •  
  •  
  •  

काठमाडौं २० पुस (ओएनएस) : सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दलले प्रस्ताव गरेको कार्यदलमा सहभागि नहुने बताएको छ । कार्यदल गठन पुरानै बाटोमा फर्किने र वार्ता लम्ब्याउने खेल रहेको भन्दै मोर्चाले कार्यदल गठनमा सहमति नजनाउने बताएको छ । मोर्चाले मंगलबार बैठक गरेर त्यसमा धारणा तय र्ने भएको छ ।

संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चाले कार्यदल गठनमा सहमति नजनाउने र गठन भएपनि सदस्य नपठाउने बताए । उनले मंगलबार बैठक बसेर मोर्चाले आन्दोलनका कार्यक्रम सहित प्रमुख दलको प्रस्तावमा धारणा बनाउने पनि बताए ।

नाकाबाट शहरतिर फर्किने
नाका अवरुद्ध गरेर आन्दोलन गर्दै आएको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब शहर केन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ । प्रमुख शहरहरुमा ठप्प पार्ने गरि आन्दोलन गर्ने र नागरिकलाई भएको सास्ती खुकुलो पार्ने तयारी गरेको छ । मंगलबार नै त्यसमा छलफल हुनेछ ।
काठमाडौ, पोखरा, नेपालगञ्ज, विराटनगर, बीरगञ्ज जस्ता ठूला शहरहरुमा केन्द्रीत तयारी छ ।


  •  
  •  
  •