विपक्षी मोर्चा आन्दोलन चर्काउने रणनीतिमा

155
  •  
  •  
  •  

काठमाडौं १६ चैत (ओएनएस) :  लामो समय संविधान निर्माणको प्रक्रिया रोक्दा पनि दलहरुको छलफल सहमति भन्दा विमति तिरै तन्किएको छ । सरकार प्रक्रियामा लागेको छ भने विपक्षी मोर्चा आन्दोलन चर्काउने रणनीति बनाउँदैछ । आन्दोलनका विषयमा थप छलफल गर्न एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी गठबन्धनको बैठक आज बस्दैछ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा अहिलेसम्म भएको वार्ता र छलफलको समीक्षा गर्दै आगामी कार्यक्रम बनाइने तयारीस्वरुप बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

विपक्षी मोचौले हिजोसम्म गरिएका वार्ताहरु सकारात्मक नभएको निष्कर्ष हिजै साँझ बसेको बैठकले पनि निकाल्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइसकेको छ । साथै सभाध्यक्षले अर्को हप्ता संविधासभाको बैठक बोलाएपछिको अवस्थाका बारेमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।


  •  
  •  
  •