रणनीति बनाउँदै विपक्षी मोर्चा

140
  •  
  •  
  •  

काठमाडौं ९ फागुन (ओएनएस) :  एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चा सरकार विरुद्ध नयाँ रणनीति बनाउन छलफलमा जुटेको छ । फागुन १६ को शक्ति प्रदर्शन र आन्दोलनका कार्यक्रमका विषयमा बिहानदेखि छलफल सुरु भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि गरेका आह्वान र वार्ताका एजेण्डाका विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्रीले दोस्रो वार्ताको लागि आग्रह गरेपछि दिने औपचारिक जवाफ के दिनेलगायतका विषयमा छलफल हुने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा फागुन १६ को आन्दोलनको तयारी, प्रचारप्रसार, अहिलेसम्म गरिंदै आएको आन्दोलनको समीक्षालगायत विषयमा छलफल गरिएको भएको छ । पूर्व घोषित कार्यक्रमअनुसार आज विभिन्न जिल्लामा प्रदर्शन, आमसभा गर्दैछन् । सरकार विरुद्ध संविधानसभा र संसद बहिष्कार गरेर मोर्चा आन्दोनलनमा रहेको छ ।


  •  
  •  
  •