अर्को वक्तव्यको पर्खाइमा विपक्षी मोर्चा

97
  •  
  •  
  •  

काठमाडौं ४ फागुन (ओएनएस) : आन्दोलनमा रहेको विपक्षी मोर्चा प्रधानमन्त्री सुशील कोइरालाको अर्को वक्तव्य नआएसम्म वार्तामा नजनो भएको छ । सहमतिमा संविधान र विगतको आन्दोलनको उच्च मुल्याङ्कन सहितको वक्तव्य आएपछि मात्रै वार्तामा जाने निस्कर्ष निकालेको छ । मोर्चाले वार्ता भन्दा आन्दोलनमा नै बढी जोडबल लगाइरहेको छ ।

मोर्चाभित्र वार्ताका विषयमा भन्दा आन्दोलनका विषयमा छलफल भइरहेका छ । आन्तरिक रुपमा वार्ता जारी राख्ने तर औपचारीक वार्ताका लागि सर्तसहित अघि बढेर आन्दोलनको तयारी गर्ने विपक्षी मोर्चाको निस्कषए रहेको छ । मोर्चाका प्रवक्ता प्रेम बहादुर सिंहले मोर्चा आन्दोलनको तयारीमा रहेका र वार्ताका विषयमा छलफल पनि नभएको बताए ।

यसअघि प्रधानमन्त्री कोइरालाले सहमतिका लागि आह्वान गर्दै दुईवटा वक्तव्य जारी गरिसकेका छन् ।

आन्तरिक रूपमा कांग्रेस, एमालेसँग वार्ता भइरहे पनि बाहिर आन्दोलन चर्काएर देखाउने पक्षमा विपक्षीहरू छन् । उनीहरूले सहमतिका आधारमा संविधान जारी गर्नेु मूल नारा अघि सारेका छन् ।
‘हामी वार्ताको पक्षमा छौ तर तयारी आन्दोलनको भइरहेको छ ’ प्रवक्ता सिंहले भने, ‘प्रधानमन्त्रीबाट सहमतिमा संविधान सहितको लिखित प्रतिवद्धता आए भोलि नै आन्दोलन रोकेर वार्तामा जान्छौ नभए जान्नौ ।’ संविधानसभाभित्र बहुमतीय प्रक्रिया अनिश्चित समयका लागि स्थगित भएको छ । त्यसलाई सकारात्मक रुपमा लिएको बताएपनि मोर्चाले सहमतिका संविधान ल्याउने लिखित प्रतिवद्धता खोजेको छ ।
तर सत्तापक्षमा रहेका नेताहरु निश्चित समयसम्म प्रयास गर्ने र सहमति नभए प्रक्रियामा जानेगरि सहमति खोजिरहेका छन् । विश्वासको वाताबरण अझै नबनेकाले आन्दोलनको तयारी अघि बढेको मार्चाको भनाईछ । १६ फागुनमा मोर्चाले काठमार्डौमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । सत्तापक्ष वार्ताको कुरा गरेर आन्दोलन कमजोर पार्ने रणनीतिमा लागेको विपक्षीको आशंका छ ।


  •  
  •  
  •