प्रधानमन्त्रीको पत्रले विपक्षी मोर्चामा विवाद

197
  •  
  •  
  •  

काठमाडौं २६ माघ (ओएनएस) : सत्तासिन दलसँग वार्ता गर्ने वा नगर्ने विषयमा विपक्षी मोर्चामा विवाद सुरु भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि औपचारिक आह्वानगरेपछि वार्ता गर्ने वा नगर्नेमा विवाद सुरु भएको हो । मोर्चाको नेतृत्व गरिरहेको एमाओवादीले प्रधानमन्त्रीको आह्वान औपचारीकता निभाउन मात्रै भएकाल वार्तमा जान नहुने बताएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मत पनि एमाओवादीतिर देखिएको छ । तर फोरम लोकतान्त्रिक, तराई मधेस पार्टीले त्यसलाई सकारात्मक रुपमा लिदै वार्तामा जानुपर्ने बताएका छन् ।
आधिकरीक धारणा भने आज तय हुनेछ ।

 एमाओवादी अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको पत्र अमूर्त भएकाले प्रक्रिया फिर्ता लिएपछि मात्रै वार्तामा जाने बताए । ‘सरकारका तर्फबाट गरिएको आह्वान बारे आज निणर्य हुन्छ’ सापकोटाले ओएनएससँग भने, ‘तर पत्र अमूर्त भएकाले त्यही पत्रका आधारमा हामी वार्तामा जान्नौं ।’

वार्ताका लागि प्रस्ताव निर्माण समिति खारेज हुनुपर्ने धारणा एमाओवादीको छ । फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भने पत्र सकारात्मक रहेकाले वार्ताका ढोका खालेको बताए । बाँकी आज निणर्य हुने भएको भन्दै उनले थप बोल्न चाहेनन ।

लिखित पत्र पठाउँदै प्रधानमन्त्रीले एमाओवादी, मधेस केन्द्रित र साना दललाई वार्तामा बोलाएका हुन् । प्रधानमन्त्रीले माघ ५ गतेकै सहमतिबाट अगाडि बढ्नसमेत विपक्षीलाई अपील गरेका छन् ।

यस्तो छ प्रधानमन्त्रीको पत्र


  •  
  •  
  •