विपक्षीको राजधानी केन्द्रित आन्दोलनको खर्च २९ लाख

144
  •  
  •  
  •  

काठमाडौं २३ माघ । एमाओवादीसहित बिपक्षी मोर्चाले फागुन १६ गतेसम्म पहिलो चरणको आन्दोलनमा कम्तिमा २९ लाख खर्च हुने हिसाब निकालेका छन् । बिपक्षीले फागुन १६ गते राधजानीमा केन्द्रीय सभा र त्यस अघि हुने आन्दोलनको लागि यो खर्च निकालेका हुन् ।

संविधानसभामा बहुमतीय प्रक्रिया रोकेर सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्ने माग गर्दै बिपक्षीहरु पहिलो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

बिपक्षी ३० दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले आन्दोलनका लागि कम्तिमा २९ लाख रुपैयाँ उठाउने निर्णय गरेको हो । ती दलले यो रकम चन्दा वा पार्टीको आन्तरिक स्रोतबाट जुटाउने बताएका छन् ।

एमाओवादी नेता गिरिराजमणि पोख्रेलले आन्दोलनलाई ब्यवस्थित गर्न बिपक्षी दलले सहयोग जुटाउने निर्णय गरेका जानकारी दिए । ‘केन्द्रीय आन्दोलन परिचालन समितिको मातहतमा यो रकम खर्च हुने छ’ उनले भने ।

संविधानसभाभित्र रहेका बिपक्षी दलहरुले प्रतिसभासद् २० हजारका दरले सहयोग जुटाउने निर्णय दलले गरेका छन् । आन्दोलनका लागि एमाओवादीले ८४ सभासदो २० हजारका दरले १६ लाख ८० हजार रुपैयाँ जुटाउनु पर्ने छ । त्यसपछि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले १४ सभासदो २ लाख ८० हजार, तराई मधेश लोकतान्त्रिक पार्टीले ११ सभासदो २ लाख २० हजार, मधेशी जनअधिका फोरमले १० सभासदो २ लाख, सद्भावना पार्टीले ६ सभासदो एक लाख २० हजार, संघीय समाजवादी पार्टीले एक लाख, तराइ मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादीले ३, ३ सभासदो ६०, ६० हजार रकम जम्मा गर्नुपर्ने छ । त्यस्तै राष्ट्रिय जनमुक्ति, थरुहट तराई पार्टीले ४०, ४० हजार रुपैया आन्दोलनका लागि उठाउने छन् ।  २० हजार रुपैयाका दरले रकम उठाउने दलहरुमा समाजवादी जनता पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, नेपाः पार्टी, संघीय सद्भावना पार्टी, मधेश समाता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय थरुहट, दलित जनजाति पार्टी छन् ।

यो रकम राजधानी केन्दि्रत आन्दोलनका लागि मात्र खर्च हुने नेता पोख्रेलले जानकारी दिए । ‘जिल्ला स्तरमा त्यहीबाट आन्दोलनका लागि खर्च जुटाउनु पर्ने छ’ उनले भने ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा दलहरुले सभासदो संख्याका आधारमा खर्च उटाउने निर्णय गरेका हुन् । बिपक्षीले उद्योगी ब्यापारीबाट चन्दाबाट यो रकम उपलब्ध जुटाउने तयारी गरेका छन् ।

ती दलले उठाएको यो रकम पर्चा, पोष्टर, भित्तेलेखन, कार्यकर्ताको खाजालगायतमा खर्च गर्नेछन् । बिपक्षीले पहिलो चरणको आन्दोलनलाई प्रचारात्मक बनाउन ५० हजार पोष्टर, १० लाख पर्चा छाप्ने पनि निर्णय गरेका छन् । केन्द्रले जिल्लामा पोष्टर, पर्चाको नमूना पठाउने र सम्बन्धित जिल्लाले छाप्नु पर्ने छ ।

बिपक्षीले राजधानीलगायतका क्षेत्रमा संयुक्त कार्यकर्ता भेला र नेताहरुहरुले कार्यबिभाजनसमेत गरेका छन् ।

यसैबीच एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिका लागि संविधान जारी हुने सुनिश्चिताका लागि आन्दोलन भएको उल्लेख गर्दै यो आन्दोलनको अपब्याख्या गर्न नहुने बताए । ‘कार्यकर्तालाई अन्तिम निणर्ायक आन्दोलन हो भनेर भ्रम दिनु हुदैन’ उनले भने, ‘सहमतिका आधारमा संविधान जारी गर्ने यसको उद्देश्य हो ।’ उनले जनतालाई दुःख दिने गरी बन्द हडतालको आन्दोलन जायज नभएको बताए । उनले बिन्दहड्ताल प्रकृतिको आन्दोलनको बिरोध गर्दै आएका छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •