मोर्चा सयुंक्त रणनीति बनाउने छलफलमा

136
  •  
  •  
  •  

काठमाडौं २२ माघ (ओएनएस) : एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको साझा रणनीति बनाउन छलफलमा जुटेको छ । मोर्चाभित्रै सहमति र आन्दोलनका विषयमा फरक मत देखिएपछि साझा रणनीति बनाउन छलफल गर्न लागेको हो । मोर्चाको बैठक आज बस्दैछ । संविधानसभा बैठक बहिष्कार गर्ने निणर्य गरेको मोर्चाले संविधानसभा बैठक बोलाएको समयमा नै मोर्चाको बैठक बोलाएको छ । दिउँसो १ बजे एमाओवादी संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा सयुक्त आन्दोलनको रणनीति तय गरिनेछ ।

बैठकमा विजयकुमार गच्छदारले राखेको प्रस्तावमा विषयमा पनि छलफल हुनेछ ।  संविधान निर्माणको बहुमतिय प्रक्रिया एकलौटीरुपमा अगाडी बढाइएको ठहर गर्दै मोर्चाले आजको संविधानसभा बैठकमा उपस्थित नहुने निर्णय गरिसकेको छ ।  एमाओवादीले एक्लैले  आन्दोलन थालेकाले यसअघि घोषणा गरेको संयुक्त आन्दोलनका विषयमा छलफल हुने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।


  •  
  •  
  •