मोरङमा बस जुध्दा दुईको मृत्यु, तीन दर्जन घाइते

216
  •  
  •  
  •  

morang_districtमोरङ,  १८ चैत (ओएनएस) : मोरङको नमुवामा दुई बस एक–अपासमा जुध्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा तीन दर्जनबढि घाइते भएका छन् ।

मोरङ प्रहरीका अनुसार उदयपुरको बेल्टारबाट विराटनगर आइरहेको को १ ख ४१९० नम्बरको बस र विराटनगरबाट संखुवासभातर्फ गइरहेको को १ ख ३८०९ नम्बरकाे बस एक अपासमा जुधेका थिए।

दुर्घटना बुधबार विहान साढे १० बजे भएको प्रहरीले जनाएको छ । मृतककाे सनाखत हुन सकेको छैन । घाइतेहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भैहरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •